एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना अपडेट : मृतक पाँचै जनाको पहिचान खुल्यो

काठमाडौँ । नुवाकोटमा बुधबार भएको एयर डाइनेस्टीक हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाँचैजना यात्रुको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार नेपाली क्याप्टेनुसहित  चारजना चिनियाँ यात्रु रहेका छन् । दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिएको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा चिनियाँ नागरिकहरु जुदाड टाङ, जी ली र जेमिङ सी सवार थिए। त्यस्तै एक महिला चिनियाँ यात्री यियाद वु रहेको बताइएको छ ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। काठमाडौँबाट १ बजेर १४ मिनेटरमा उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको थियो। हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो।

नुवाकोटमा प्रजिअ रामकृष्ण अधिकारीका अनुसार घटनास्थलको उद्धारमा प्रहरी र स्थानीय खटिएका छन्। उक्त हेलिकप्टर केही विदेशी लिएर फेरि स्याफ्रुबेसीबाट काठमाडौँ आउने गरी त्यसतर्फ उडेको थियो।

स्थानीयले डाँडामा धुँवा देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ।