प्रधानमन्त्री प्रचण्डलाई तत्काल राजिनामा दिन एमालेको माग

काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिन माग गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले मार्ग प्रशस्त गर्न आग्रह गरे । 

उनले सरकारलाई कुनै पनि निर्णय नगर्न एमालेले ध्यानाकर्षण गराएको छ । “यो सरकारले कुनै निर्णय गर्ने हैसियत राख्न सक्दैन । त्यो मत गुमाइसकेको छ । अहिले निर्णय गर्नु राष्ट्रहित विपरीत हुन्छ । कुनै निर्णय नगर्न सचेत गराएको छ,” उनले भने । 

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिए विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको उनले बताए ।