मधेस प्रदेशमा नयाँ सरकार गठनको दावी पेश गरिंदै, आजै शपथ

जनकपुर - मधेस प्रदेशमा सरकार गठनका लागि दिएको समय आज सकिँदैछ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले शुक्रबार बिहान १० बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय दिएकी थिइन् । प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ २ अनुसार सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेको हो । मन्त्रालय बाँडफाँडको टुंगो लगाउन बसेको ६ वटै दलको बैठकले आज विहान ७ बजे सरकारको दावी पेश गरिने निर्णय गरेको थियो । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन प्रदेश प्रमुखसमक्ष विहान ७ बजे दावी पेश गरिने जानकारी दिए ।