'म पनि एउटा सहकारी पीडित हुँ' : प्रधानमन्त्री दाहाल

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पनि सहकारी पीडित रहेको बताएका छन् । सहकारी केन्द्र नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहकारी खोलेर बसेका आफ्नै पार्टीका कार्यकर्ताले हैरान पारेको बताएका छन् ।

‘हाम्रै पार्टीसँग सम्बन्धित साथीहरू पनि जसले सहकारी खोलेर काम गर्न भनेर सुरू गरे । म पनि एउटा सहकारी पीडित हुँ भन्ने लागेको छ मलाई । उनले थपे, ‘किनभने ती सहकारी खोल्ने साथीहरूले जस्तो मलाई अरूले सताएका छैनन् ।’ उनले सहकारीमा देखिएको समस्या समस्या समाधानका लागि सहकारी प्राधिकरण स्थापना गर्ने तयारी भइरहेको बताए ।