"दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन हुँदैन" : माधव नेपाल


काठमाडौँ - नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

आज आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने भन्दै सरकार पछि हट्न नहुने बताएका हुन् ।