भारतमा जातीय दंगामा परी ५४ जनाको मृत्यु, १ सय घाइते


एजेन्सी - भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भड्किएको जातीय दंगा नियन्त्रण गर्न भारत सरकारले अर्धसैनिक बल परिचालन गरेको छ ।

गत बुधबारदेखि सुरु भएको दंगा नियन्त्रण गर्न राज्य सरकार असफल भएपछि केन्द्र सरकारले अर्धसैनिक बलका थुप्रै टुकडी त्यहाँ तैनाथ गरेको हो । हिंसामा परी मृत्यु हुनेको संख्या ५४ पुगेको छ।राजधानी इम्फालमा मात्रै करिब २० जनाको मृत्यु भएको छ ।

दंगामा १ सय भन्दा बढी घाइते भएका छन् । दुई समुदायबीच भड्किएको दंगाले भौतिक सम्पतिमा पनि ब्यापक रूपमा क्षति पुर्याइएको छ । ५ सय घर तथा चर्चहरुमा आगो लगाइएको छ । कतिपय भागेर छिमेकी राज्य नागाल्याण्ड पुगेका छन् ।