रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, शव बाटोमा राखेर प्रदर्शन

काठमाडौँ । ट्याक्टरको ठक्करबाट साइकलमा सवार एक बालकको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिकास्थित जंगलसहियामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको हो ।

धनसारबाट जंगलसहियातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा शेख हसमुल्लाका अन्दाजी १३ वर्षीया छोरा शेष सहनवाजको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर प्रदर्शन समेत गरिरहेका छन् ।