एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा हुने 

 काठमाडौँ - सरकारको कामलाई भन्दा पार्टी सङ्गठनलाई बढी जोड दिएको एमालेले आगामी वैशाखको पहिलो साता महाधिवेशन प्रतिनिधि परिषद्को बैठक राख्ने भएको छ । 

एमाले स्थायी कमिटीको बैठकले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा महाधिवेशन प्रतिनिधि परिषद् सदस्यरतको बैठक बोलाउने निर्णय गरेपछि फागुन २५ गते बसेको एमाले सचिवालय बैठकले वैशाखमा महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको हो । ‘वैशाख ८ र ९ गते पार्टी महाधिवेशन प्रतिनिधिहरूको बैठक गोदावरीमा हुनेछ,’ पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।