ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवा प्रहरी नियन्त्रणमा

काठमाडौँ । सिरहा प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित तिनजना युवालाई नियन्त्रणमा लिएको छ।

सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं।बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागुऔषध सहित नियन्त्रणमा लिएको हो।

विशेष सुचनाको आधारमा घरमै लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ। 

पलाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम  लागु पदार्थ व्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएको छ।