ए डिभिजन लिगमा दुई खेल हुदैँ

काठमाडौँ - सहिद स्मारक एु डिभिजन लिग फुटबलमा आजदेखि दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछ। दोस्रो चरणको लिग अन्तर्गत आज दुई खेलमा प्रतिस्पर्धा हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः३० चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटार भिड्दैछन्। यी दुवै नव प्रवेशी क्लब हुन्।

च्यासल मैदानमा थ्री स्टार र फ्रेन्ड्स क्लबबीच दिउँसो २ः३० बजे नै प्रतिस्पर्धा हुनेछ।