प्रचण्डलाई फागुन २५ गते अदालतमा हाजिर हुन सर्वोच्चको आदेश

 काठमाण्डौँ - सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फागुन २५ गते अदालतमा हाजिर हुन आदेश दिएको छ । 

आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको थियो । उक्त मुद्दाको पेशी भने फागुन २५ गतेलाई तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् ।

३ साल पहिले माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको मात्रै जिम्मा आफूले लिने भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको त्यही अभिव्यक्ति विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ ।