'गठबन्धन परिवर्तनले कांग्रेसमा बेचैनी र आक्रोस देखियो' : विष्णु पौडेल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन परिवर्तन भएपछि नेपाली कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गठबन्धन परिवर्तन भएपछि कांग्रेसमा निकै ठूलो बेचैनी र आक्रोस देखिएको भन्दै ०८४ को निर्वाचनमा यस्तै परिदृश्य नदोहोरिने बताए ।