'फरार जीबी राई पक्राउ परेका छैनन्' : नेपाल प्रहरी

काठमाडौँ - नेपाल प्रहरीले सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई जीबी राई सिंगापुरबाट पक्राउ परेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ । प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो ।

मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले इन्टरपोलमार्फत राईको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।