शासकीय सुधार आयोग गठन गरिने 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन् । 

बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको बिषयक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले शासकीय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समिक्षा गरिने बताएका हुन् । 

यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउदा बिविध कारणले खासै प्रगति नदेखिएको उनले बताए । उनले अब प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको बताए । प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा सेवा प्राप्तको अनुभव नगर्न नसके जनताको भरोषा टुट्दै जाने भएकाले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गरे ।