अकस्मात् गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, स्वास्थ्य स्थीर 

 काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेपछि गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

उनलाई छातीमा असहज महसुस भएपछि मंगलबार राति गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । उनको सचिवालयले जनाए अनुसार मन्त्री श्रेष्ठको गएराति नै एन्जियोग्राम गरी देब्रे नसाको एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरी गरिएको छ ।

गृहमन्त्री  श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गएिको थियो ।