धादिङ गजुरीका अधिकांश कृषकको खेतमा फड्के किराको प्रकोप, पालिकाले निःशुल्क बिषादि उपलब्ध गराउने 

गजुरी - धादिङ गजुरी गाउँपालिका वडा नम्बर १ का अधिकांश कृषकहरुको खेतमा अहिले फड्के किराको प्रकोप भयावह बन्दै गएको छ । किसानले लगाएको धानबालीमा बाला लाग्ने र केहि दिनमै सुक्ने प्रमुख समस्या रहेको स्थानिय कृषक शालिकराम भण्डारीले बताए । 
आज गजुरी गाउँपालिकाका कृषि शाखा प्रमुख शर्मिला सुवेदी, कृषि प्राबिधिक सबिन खरेल लगायतले निरिक्षण पनि गरेका छन् । निरिक्षणपछि किसानको खेतमा देखिएको समस्यालाई तत्काल सम्बोधन गरिने बताईएको छ । गजुरी गाउँपालिका वडा नम्बर ५ को गल्छि रुम्टा र वडा नम्बर १ को जगाँरे, माथिल्लो रातमाटेमा मुख्यगरि यो समस्या देखिएको छ भने गजुरी लगायत धादिङ, नुवाकोट लगायतमा पनि यस्तो समस्या देखिएको कृषि शाखा प्रमुख सुवेदीले बताईन् । तत्काल यो समस्याको पहिचान गरि गाउँपालिका तथा वडाले बिषेश ध्यान दिनुपर्ने स्थानिय किसान हरि कुमार खरेल बताउँछन् ।   
यस्तै प्राविधिकको निरिक्षणमा फड्केकिरा लागेको पहिचान भएमा उनीहरुकै सिफारिस अनुसार गाँउपालिकाले निशुल्क बिषादि उपलब्ध गराउने पनि उल्लेख गरिएको छ ।