मिथिलाका नारीले कठोर विधिको जितिया पर्व व्रत बस्दै

महोत्तरी - सन्तानवती मिथिलानी मिथिलाका नारीले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् ।

बितेको मध्यरातअघि ‘ओगटन’ दर खाएर व्रत सुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन् ।