१२ कक्षाको ग्रेडवृद्धि परीक्षा सर्‍यो

काठमाडौं - १२ कक्षाको ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ ।

यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने छ ।