जाजरकोटमा जीप दुर्घटना : १७ जना घाइते, तीनजनाको अवस्था गम्भिर

काठमाडौँ । जाजरकोटमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका मध्ये तीनजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।

बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए। घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।