शेख हसिनाले देश छाडेको २४ घण्टापछि बंगलादेशको संसद्‍ भंग


काठमाडौँ । बंगलादेशमा विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद्‍ भंग भएको छ।

आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद भंग गर्न अल्टिमेटम दिएका थिए। उनीहरुले संसद भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका थिए।

सोहीअनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार देशको संसद्‍ भंग गरेका हुन्। राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ।

सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।