काठमाडौँ  उपत्यकामा नदी आसपासका क्षेत्र डुवानमा

काठमाडौँ । गएरातीदेखि परेको निरन्तर वर्षाको कारण काठमाडौँ उपत्यका लगायतका विभिन्न ठाउँ डुबानमा परेका छन् । 

सानोभर्‍याङ,जडिबुटी,बल्खु तरकारी बजार,माइतीघर मण्डला क्षेत्र लगायत नदी किनाराका क्षेत्र डुबानमा परेको काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलरविपद् व्यवस्थापन विभागका महाशाखा प्रमुख एवं नगरप्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले  जानकारी दिए।

उनले उक्त क्षेत्रका स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जानकारी दिए। महानगरपालिकाका अनुसार  बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते खोला तथा बागमतीका सहायक नदीमा पानीको बहाव बढेर बस्तीमा छिरेको छ।