गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न : गिरीबन्धुको फाइल खोल्न सक्नु हुन्छ ? 

 काठमाडौँ- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।

‘गृहमन्त्रीलाई खोज्न चाहन्छु, तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नु हुन्छ ? सक्नु हुन्न । बोल्न पनि सक्नु हुन्न ।’ शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो । शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम नलेखिए पनि ठेगाना र सिम्बोल नम्बर लेखिएको उल्लेख गर्दै ढुक्क हुन आग्रह गरे ।