हाजिरी गरेको एक घण्टामै सरुवा

 काठमाडौँ - सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्वा नगरपालिकामा गई हाजिरी गरेका थिए । नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे । स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पन्यो । उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो । मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन, यादवले भने, तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ ।

हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् । संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक घण्टामै सरुवा भयो, मेयर साहले भने, काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो । प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।

आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए । संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए । यसमा धेरै कारणहरू जोडिएका हुन्छन् उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।