भोलिदेखि बजेट अधिवेशन सुरु हुने

 काठमाडौँ - संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि देखि सुरु हुँदैछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०र२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।