'एक्लै बहुमत ल्याउन अपरिहार्य छ, कम्मर कसेर लाग्नुस्' : सभापति देउवा 

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर–२ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको बताएका हुन् । यसका लागि नेता–कार्यकर्ता कम्मर कसेर लाग्नुपर्ने उनको भनाइ थियो ।

‘वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राखेर एक्लै जित्न सक्ने, बहुमत ल्याउने पार्टी बनाउनु हाम्रा लागि अपरिहार्य भएको छ ।