बझाङमा तीन जनाले गरे उम्मेदवारी दर्ता

 काठमाडौँ - वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङको प्रदेशसभा १ मा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेकाअनुसार अहिलेसम्म विभिन्न तीन पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका कमल घर्ती मगर र नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही छन् ।