भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो

काठमाडौँ - राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ । र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले बताएका छन् ।

महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए ।