राष्ट्रपति निर्वाचन : एमालेले सांसदहरुलाई आज प्रशिक्षण दिने

काठमाडौँ - यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले आज सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

एमालेका अनुसार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासमा तीनै तहका सांसदहरूको संयुक्त प्रशिक्षण हुँदै छ । 

प्रशिक्षणमा प्रतिनिधिसभा,राष्ट्रियसभा र सातै प्रदेशका प्रदेशसभाका सांसदहरू उपस्थित हुनेछन् ।  

प्रशिक्षणमा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिने जनाइएको छ ।