देउवा र माधव नेपालबीच भेटवार्ता, केके भयो कुराकानी ? 

 काठमाण्डौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन् ।

बिरामी भएर घरमै स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवा, प्रमुख सचेतक रमेश लेखक र देउवापत्नी आरजु राणा देउवा बुधबार बिहान करिब १० बजेतिर अध्यक्ष नेपाल निवास कोटेश्वर पुगेका हुन् । 

एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन गौतले दिएको जानकारीअनुसार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार साँझ नै देउवा आउन लागेको सन्देश पठाएका थिए । राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ ।