राष्ट्रपति निर्वाचन : एमाले सांसदलाई प्रशिक्षण

काठमाडौँ - नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो।

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन्। सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ।

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो। राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन्।