एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने, माग्यो दुईवटा मन्त्रालय

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पनि सरकारमा जाने भएको छ । 

आज बसेको पार्टीको सचिवालय बैठकले दुईवटा मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेको हो । समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने निर्णय गरेको हो ।