प्रतिनिधि सभा विजनेशविहीन, तीन महिनामा दुई विधेयक दर्ता

काठमाडौं - गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ ।

नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् ।

हालसम्म प्रतिनिधिसभाको १४ वटा बैठक बसेका छन् । यी बैठकमा हालसम्म सरकारले दुईवटा विधेयक दर्ता गरेको छ भने तीन विधेयक राष्ट्रिय सभाबाट सन्देशसहित आएको छ । तर, यी विधेयकमाथि दफाबार छलफल गर्न संसदीय समितिहरू गठन हुन सकेका छैनन् ।

प्रतिनिधिसभामा प्रतिपक्षको सिटमा बस्न कांग्रेस र एमालेको हानाथाप,सभामुख देवराज घिमिरेको झन्डै एक साताको विदेश भ्रमण, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका कारण प्रतिनिधि सभाको बैठक आगामी चैत ५ गतेसम्म स्थगित गरिएको छ ।