सर्वोच्च अदालतले सरकारसँग माग्यो रिगललाई आममाफी दिनुको कारण 

 काठमाडौँ - सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण माग गरेको छ ।

बिहीबारको सुनुवाईमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतन मानन्धरको हत्या गरेका थिए ।

उनलाई २०७६ साल बैशाखमा अदालतले सर्वस्वसहित जेल सजाय सुनाएको थियो ।

गत संविधान दिवसमा सरकारको सिफारिसमा रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । रिगलको आममाफीविरूद्व चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिटको अर्को पेशी असोज २५ गतेलाई तोक्न पनि अदालतले आदेश दिएको छ ।