रिगल बिरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौँ - नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहिबार पेसी तोकिएको छ ।

उक्त रिट निवेदनको सुनुवाईका लागि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ । अबैध असुलीमा संलग्न रिगलले आफ्नो असुलीमा बाधा खडा गरेको भन्दै २०७२ असार २८ मा चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।