आजको तरकारी भाउ : डल्लेच्याउ प्रतिकेजी ३३०, बन्दा लोकल ७०, गाँजर १२० !

 काठमाडौँ - कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसमा टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ६०, काउली स्थानिय १००, आलु रातो ५५, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ४०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३०, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ६०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ५०, न्यूँरो ७०, रातो बन्दा ३००, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ। रातो बन्दाको भाउ ४ सय रूपैयाँसम्म पुगे पनि एक हप्तामा १ सय रूपैयाँ घटेको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३८०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०,परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो ३२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ११०, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना ५००, अमला ६०, तोफु ११०, पिंडालू ५०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, बरेला १००, कन्य च्याउ ८०, तने बोडी प्रतिकेजी ७० रूपैयाँ कारोबार भइरहेको छ ।