गुडिरहेको माइक्रोमाथि रुख बजारिँदा ७ जना घाइते

काठमाडौँ । धादिङमा गुडिरहेको माइक्रोमाथि पहिरोसँगै आएको रुखले लाग्दा ७ जना यात्रु घाइते भएका छन् ।

 गजुरी–५ जरेखोला भन्ने स्थानमा माथिबाट आएको पहिरो सहितको रुखले लागेर यात्रु घाइते भएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

धादिङको सदरमुकाम धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोमाथि रुख बजारिएको हो। घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार माइक्रो बसमा सवार यात्रुमध्ये ७ जना घाइते भएका हुन्। माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।