बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्

काठमाडौँ - बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । 

यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।
बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी  जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।