एमालेले दलाल पुँजीवादीसँग अँगालो मार्‍यो, जनताको हित हुँदैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादीसँग अँगालो मारेको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौँमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका छन्। उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए।

उनले नेपाली कांग्रेसलाई दलाल पुँजीवादीको संज्ञा दिँदै कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे।

उनले अहिले नेकपा एमालेभित्र भूकम्प गएको पनि बताए। उनले नेकपा (एकीकृत समाजवादी) को विकास र विस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर पनि गरे।