कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज मध्यान्ह उच्च पाँच पदाधिकारीको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

कांग्रेसले भोलि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । सो भेलाको सन्दर्भमा सभापति देउवा, उपसभापतिद्धय पुर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्र्माबीच आज छलफल हुनेछ । पार्टीभित्रका सांगठनिक काम कारबाही सम्बन्धि विभिन्न विषयमा जिल्ला सभापतिहरुसँग छलफल गर्न लागेको हो ।