बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बढ्यो : गगन थापा  

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको जिकिर गरेका छन्।

बजेटको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसद थापाले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे।

बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे।

छलफलमा भाग लिँदै थापाले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ। वातविकतामा आधारित छैन। यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ। आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्‍याउँछु भन्नुभएको छ त्यसको आधार केरु बहुमत छ, पास गरिदिन्छु भन्ने सोचे छ। आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन्। पास भइहाल्छ भनेर बजेट ल्याइएको छ।’

उनले बजेटको आलोचा गर्नुभन्दा पनि अर्थमन्त्रीलाई प्रश्न सजिलो भएको उल्लेख गरे। अहिले विरोध गरे पनि कार्यान्वयन गर्ने बेला आफैँले काध हाल्नुपर्ने हो कि भन्दै थापाले व्यंग्य गरे।

उनले बजेटमा सबैभन्दा ठूलो अभाव विश्वसनीयता रहेको बताए। बजेट निर्माणमा प्रधानमन्त्री उदासिन रहेकाले कार्यान्वयन हुनेमा उनले आशंकासमेत जनाए।