कोशी कटानसम्बन्धि समस्याको दिगो समाधान खोज्नुपर्छ : कांग्रेस सांसद कार्की  

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बर्षातमा हुने कोशी कटानको समस्या स्थायी रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

वर्षातमा कोशी कटानका कारण स्थानीय जनताले ठूलो कष्ट हरेक वर्ष व्यहोर्नु परेको उल्लेख गर्दै उनले ती समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरे।

बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद कार्कीले सुनसरीको टप्पुगैरिया, माझीटोल, सिसौली, जलाल, पुल्ठेगौठा, जब्दी, ठाकुरबारी, राजाबास आदि ठाउँका जनताहरु कोशी कटानबाट सधै पीडामा बस्नु परेकाले पनि सरकारले सो समस्याको समाधानमा विशेष पहल लिनुपर्ने बताए।

सांसद कार्कीले वर्षातमा हुने कुनैपनि विपद् तत्काल व्यवस्थापनका लागि सरकारले आवश्यक तयारीको कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।