कोटेश्वरको विस्कुट गोदाममा आगलागी

काठमाडौँ । कोटेश्वरको एक विस्कुट गोदाममा आगलागी भएको छ । बुधबार दिउँसो पाँच तल्ले भवनको पहिलो तल्लाबाट आगो लागेको थियो । 

प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।