मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने, अब जेठ २८ मा लिने  

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत नलिने भएका छन् ।

बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका हुन् ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले समर्थन फिर्ता लिएपछि यादवले आज मधेस प्रदेस सभाबाट पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएपछि सहयात्री दलले यादवको साथ छाडेपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।