प्रतिनिधि सभामा आज अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाडौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफलले आज पनि निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ । आज सदनमा छलफलका क्रममा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची राखिएको छ ।