नागरिकतासँग जोडिएका जटिलता समाधान गर्ने गृहमन्त्री लामिछानेको प्रतिवद्धता

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास  भइरहेको बताएका छन् ।

बुधबार काठमाडौँमा नागरिकता र नागरिकता सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तरक्रियममा बोल्दै उनले यस्तो बताउका हुन्।

उनले सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरी छलफलबाट आएका विषयहरुलाई समावेश गर्नसके नागरिकता सम्बन्धी देखिएका तमाम समस्याहरुलाई समाधान सकिने बताए।

उपप्रधानमन्त्री लामिछानेले कार्यान्वयन प्रणालीमा गर्नुपर्ने सुधारहरु धेरै रहेको बताए । उनले नागरिकले प्राप्त गर्ने अधिकारमा राज्यको तर्फबाट कुनै बाधा हुनु नहुने बताए ।