संखुवासभा हेलिकप्टर दुर्घटना : घाइते एकको मृत्यु, चार जनाको मेडिसिटीमा उपचार हुँदै 

काठमाडौँ - संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । हेलिकप्टरमा सहयोगीको रुपमा काम गर्दै आएका भविन गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको ललिपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएको हो ।