नेपालमा थप १७ जनामा कोरोना संक्रमण, आईसियु र भेन्टिलेटरमा कति ? 

काठमाडौँ - देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५७ जनाको नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार ५७ जना संक्रमणमुक्त भएका छन् । हाल १६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।