सुदूरपश्चिममा नयाँ सरकार गठन गर्न १० दिनको समय 

धनगढी - सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन् ।

उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका हुन् । कांग्रेसबाट कमलबहादुर शाह २०७९ माघ २६ गते मुख्यमन्त्री बनेका थिए । उनले १४ महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरे । तर प्रदेशको सबैभन्दा ठूलो दलले बहुमत गुमाउन पुग्दा शाहले विश्वासको मत नलिई बिहीबार पदबाट राजीनामा दिएका थिए ।