सुसाइड नोट’ शालिनले नै लेखेको पुष्टि

काठमाडौँ - चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिनुभएकी १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेको पुष्टि भएको छ ।

यही फागुन १२ गते मृत फेला परेकी शालिनले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको थियो ।

नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट ‘सुसाइड नोट’ उनले नै लेखेकी पुष्टि भएको हो । उनले ‘सुसाइड नोट’मा लेखेकि छिन् , ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी’

यसअघि पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या नै गरेको देखाएको थियो । तर उनको परिवारले आत्महत्या नभइ बलात्कारपछि हत्या भएको दावी गर्दै आएको छ । उनको आज मात्रै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।