नयाँ सत्ता गठबन्धन : मन्त्रालयको भागबन्डा गर्न बैठक बस्दै

काठमाडौँ - नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।

मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।

गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् ।